बालिका बेपत्ता खोजि कार्य जारी

बालिका बेपत्ता

बालिका बेपत्ता खोजि कार्य जारी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ जेष्ठ २०८२, १०:४८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ जेष्ठ २०८२, १०:४८

चार दिन देखि बेपत्ता भएका चार जना बालिकाको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते  गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर  खत्री सहितको प्रहरी टोलीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस