मकवानपुरको चित्लाङबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।
मोटरसाइकल चालक नुवाकोटको ककनी– १ कै मानबहादुर बलामी घाइते छन् । उनको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । मोटरसाइकल भने थानकोट प्रहरी वृत्तमा छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८२, ०८:३३ बजे










प्रतिक्रिया