मकवानपुरको बकैया गाउँपालिका ७ मैनाटारमा बिच्छिले तोकेर ८ बर्षकि बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
जेठ १४ गते साँझ बकैया गाउँपालिका ७ मैनाटार बस्ने बिर बहादुर वाईवाको छोरी वर्ष ८ कि अस्मिता वाईवाको आफ्नै घरमा नुहाउने क्रममा बिच्छिले कम्मरको बाया भागमा टोकेको थियो । बिच्छिले टोकेर घाइते भएकी अस्मितालाई स्थानीय स्तरमा घरेलु उपचार गरेकोमा जेठ १५ गते स्वास प्रस्वासमा समस्या आए पछी उपचारको लागि हेटौंडा अस्पताल लागिएको थियो ।
गम्भीर अवस्थामा हेटौंडा अस्पताल ल्याई उपचार गर्ने क्रममा १५ गते राति उपचारको क्रममा हेटौंडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेको प्रहरी स्रोतले बताएको हो । बिच्छीले टोकेर मृत्यु भएकी ८ बर्षीय बालिका अस्मिता वाईवाको शव हेटौंडा अस्पतालमै राखिएको छ ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, ०८:४० बजे










प्रतिक्रिया