बागमती प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालालाई सम्मान गरेको छ ।
बागमती प्रदेश सरकारले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा कोइरालालाई सम्मान गरेको हो । कोइरालाले गरेको कामको उच्च मुल्यांकन गर्दै सम्मान गरेको बागमती प्रदेश सरकार स्रोतले जानकारी दिएको हो ।
वडा अध्यक्ष रामकृष्ण कोइरालाले हेटौंडा १६ स्थित कृषी सामाग्री बोकेको गाडी ढुवानीको क्रममा भासएिको गाडी पत्ता लगाई त्यसलाई बाहीर निकाल्न सफल भएपछी उनलाई बागमती प्रदेश सरकारले सम्मान गरेको छ । राज्यका सबै सयन्त्र परिचालन हुँदा समेत भासिएको गाडी निकाल्न सकेको थिएँ उक्त कार्य बाट सबै निकायले हात झिके पछी कोइरालाले आफ्नै पहलमा उक्त स्थानबाट गाडी निकाल्न सफल भएका थिए ।
निक्कै चर्चित बनेको गाडी भासिएको बिषयमा प्रदेश सरकार संघिय सरकार समेतले निकाल्न नसके पछी वडा अध्यक्ष कोइरालाले जोखिम मोलेर भए पनि गाडी निकाल्न सफल भएका थिए । कोइरालाले हेटौंडा १६ को दुर्गम वस्ती शक्तिखोला आकाशधारा सम्म सडक निर्माण बिधुत पहुँच र खानेपानी समस्या हल लगाएतका कार्यमा सक्रिय रहेको भन्दै प्रदेश सरकारले कोइरालालाई सम्मान गरेको हो ।
कोइरालाको पहलमा भासिएको गाडी निकाल्ने कार्यमा माथिल्लो निकायले असहयोग गरेको भए पनि कोइरालाले स्थानीयको सहयोगमा उक्त कार्य गरेर चर्चा कमाएका थिए । गाडी भासिएको बिषयमा भुगर्व विदको टोलि ५ दिन घटना स्थलमा आए पनि अन्तत उपलब्धि बिहिन भएर फर्किएको थियो । गाडी भासिएको बिषयमा गाडी चालकलाई प्रशासनिक निकायबाट दवाब दिने कार्य भए पछी कोइरालाले गाडी खोज्ने कार्यलाई अगाडी सारेका थिए अन्तत ६ घण्टाको अन्तरालमा कोइरालाले भासिएको गाडी निकाल्न सफल भएका थिए ।
स्थानीय प्रशासनको असहयोग बिनानै कोइरालाले भासिएको गाडी निकाल्न सफल भएका थिए । स्थानीय स्तरमा जनताको काममा सक्रिय भएका कोइरालालाई आज प्रदेश सरकारले सम्मान गरेको हो ।










प्रतिक्रिया