तरवार देखाउदै एमाले सडकमा निरिह बन्दै गृहमन्त्री

एमाले आतंक

तरवार देखाउदै एमाले सडकमा निरिह बन्दै गृहमन्त्री

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ जेष्ठ २०८२, ०२:३९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ जेष्ठ २०८२, ०२:३९

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनु पर्ने फरमान जारि गरे संगै राजधानीका सडकमा नेकपा एमालेका कार्यकर्ता पार्टीका केन्द्रीय नेतृत्वलाई अगाडी लगाउंदै तरवार भाला सहितको प्रदर्शनीमा देखिएका छन ।

सरकार आफ्नै पार्टीको भए पछी एमाले नेता कार्यकर्तालाई हतियार सहित प्रदर्शन गर्न छुट मिलेको हो । गणतन्त्र दिवस मनाउने बहानामा एमाले कार्यकर्ताले हतियार सहित राजधानीमा प्रदर्शन गरेका हुन् । एमालेको प्रदर्शनमा हतियार सहित प्रदर्शन भए पछी राजधानीवासीले गणतन्त्र यहि दिनको लागि हो भनेर प्रश्न उठाएका छन ।

एमालेलेले हतियार सहित प्रहरी सुरक्षा खलल हुने गरि प्रदर्शन गर्दा गृहमन्त्री भने निरिह बनेका छन । सार्वजनिक स्थलमा हतियार देखाउनु प्रदर्शन गर्नु कानुनले बर्जित गरेको बिषय भएपनि गृह प्रशासन मुकदर्शक मात्र बनेको छ । संघिय संसदमा नेकपा एमालेका सचिव योगेश भट्टराईले भने जस्तै हाम्लाई कसले छानबिन गर्छ कसले कारवाही गर्छ यहि आधारलाई मान्ने हो भने एमालेलाई जे गर्न पनि छुट छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले फेरि एकपटक सडकमा उत्रिएको छ । विभिन्न नाममा शक्ति प्रदर्शन गर्ने गरेको एमाले आज गणतन्त्र दिवस मनाउन भन्दै कार्यकर्तालाई सडकमा ओरालेको हो ।

एमालेले गणतन्त्र दिवसको अवसरमा गरेको प्रदर्शनमा ढाल र तरबारसमेत देखाइएको छ । राजतन्त्रको विरोधमा एमाले कार्यकर्ताले प्रतिकात्मक रुपमा ढाल र तरबारसहित नारा लगाएका हुन् ।

जुलुसको अग्रपंक्तिमा लेखराज भट्ट, गोकर्ण विष्ट, सूर्य थापालगायतका नेताहरु देखिएका छन् । भृकुटीमण्डपबाट र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने जनाइएको छ । तरवार सहित प्रदर्शनमा देखिएको एमालेलाई गृह प्रशासनले समेत सुरक्षा दिएको छ । प्रदर्शनमा एमाले केन्द्रीय स्थारका नेता सुर्य बहादुर थापा लेखराज भट्ट गोकर्ण विष्ट समेतले तरावारा बोकेर प्रदर्शन गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस