१२ असोज २०८१ को अविरल बर्षाको कारण क्ष्यत् बिक्ष्यत् भएको हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीको कान्तिलोकपथ त्यस यताका दिनमा सामान्य पानि पर्दा समेत बाटो अबरुद्ध हुने गरेको छ । सरकारले उच्च प्रथामिकतामा राखेर बाटो स्थारिकरण गर्न नसकेको कारण सवारी साधन र यात्रुले दुख पाउने गरेका हुन् ।
हेटौंडा – काठमाडौं जोड्ने कान्तिलोकपथ यस हप्ता मात्र ६ पटक सडक अबरुद्ध भएको छ भने अब बर्षाको समय सुरु हुन् लागे पछी कान्तिलोकपथको कुन बिजोक हुने हो भन्ने चासो र चिन्ताको बिषय बनेको छ ।
कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ८ नम्बर वडा र ललितपुर जिल्लाको बागमती गाउँपालिकाको २ नम्बर वडा जोड्ने बागमती पुलको आधा भाग बागमती खोलाले बगाए पछी सामान्य पानि पर्दा समेत बाटो अबरुद्ध हुने गरेको छ भने यता भीमफेदी गाउँपालिका ८ रहेको भर्याङडाँडा स्थित कान्तिलोक पथ सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहितको सुख्खा पहिरो खसी रहने कारणले समेत उक्त मार्ग पटक पटक अबरुद्ध हुने गरेको छ ।
कान्तिलोक पथ सडक खण्ड आज बिहान परेको पानीको कारण आज पनि बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । भीमफेदी गाउँपालिका ८ भर्याङडाँडा स्थित कान्तिलोक पथ सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहितको सुख्खा पहिरो खसी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । कान्तिलोकपथ अन्तर्गत बगुवामा बाढी आएको कारण उक्त स्थानमा केहि सवारी साधन खोलामा डुबेको अवस्थामा रहेको स्थानीयले बताएका छन । कान्तिलोकपथ सडक सुचारु गर्न सडक विभाग संग समन्वय भैरहेको प्रहरी स्रोतले बताएको छ ।
यो समाचार तयार पार्दा सम्म कान्तिलोकपथको बिभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको छ ।










प्रतिक्रिया