कक्षा १२ को परिक्षा दिन गौर हिडेका हेटौंडा १२ का कुमार पोख्रेलले चलाएको बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको घटनामा पोख्रल कारागार चलान भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जानकारी दिएको छ।
बैशाख २१ गते बिहान अन्दाजी ६ बजेको समयमा पोख्रेलले चलाएको बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सवारी दुर्घटना पश्चात दुर्घटना स्थल बाट पोख्रेल भागेर चन्द्रनिगाहापुर इलाका प्रहरी कार्यालय पुगेका थिए भने तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । दुर्घटना बाट मृत्यु भएका सहनी परिवारले आन्दोलन चर्काउन सक्ने स्थिति देखिए पछी बैसाख २१ गतेनै पिडित पक्ष र दुर्घटना गराउने पोख्रेललाई राखी इलाका प्रहरी कार्यालय चपुरले सहमति गराएको थियो ।
इलाका प्रहरी कार्यालय चपुर स्रोतले जानकारी दिए अनुसार पोख्रेलले पिडित पक्षलाई १७ लाख दिने सहमति गरेका थिए । इलाका प्रहरी कार्यालय चपुरका प्रहरी नायब उपरिक्षकका अनुसार पिडित पक्ष र पीडक पक्ष बीच लेनदेनको सहमति भए पछी पोख्रललाई म्याद थप गरि कानुनि प्रक्रिया सुरु गरेको थियो ।
पोख्रेलले अत्याधिक स्पिडमा कार चलाएको कारण चपुरबाट निजगढतर्फ आउंदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । पोख्रेलले चलाएको बा ६ च ३५२६ नम्बरको कारको ब्लुबुक समेत नवीकरण फेल रहेको पाइएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रही अनुसन्धान भएका पोख्रेललाई जेठ १२ गते सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालत रौतहटमा पुरक अभियोजन सहित सवारी ज्यान सम्बन्धि मुद्धा दायरा गरेको र जेठ १३ गते रौतहट जिल्ला अदालतका न्यायाधीश तिलक कार्कीको इजलासले सरकारी वकिल कार्यालयले पेस गरेको अभियोजन माग दावी पुग्ने फैसला गरे संगै पोख्रेल कारागार चलान भएका हुन् ।
पोख्रेलले २ जनाको ज्यान जाने गरि सवारी चलाएको बिषयमा पोख्रेललाई कारवाही हुनु पर्ने माग दावी अनुसार अदालतले दावी पुग्ने फैसला गरेको हो । पोख्रलले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा बसेको दिन लाई समेत गणना हुने गरि आदेश भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका अनुसार जिल्ला अदालत रौतहटको फैसला लगत्तै पोख्रेललाई रौतहट कारागार चलान गरिएको जनाएको छ । मृतक परिवारको तर्फबाट गरुडा नगरपालिका २ बस्ने प्रभुनन्दन सहनीले पुरक जाहेरी दिएका थिए । रौतहट कारागार कार्यालयका सुचना अधिकारि सौरभ सिँहका अनुसार पोख्रेल अहिले कारागार कार्यालय रौतहटमा रहेको जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार बैशाख २१ गते बिहान ८ बजे बाट परिक्षा सुरु हुने भएका कारण पोख्रेलले अत्याधिक स्पिडमा सवारी चलाएको कारण दुर्घटना भएको जानकारी दिएको थियो ।










प्रतिक्रिया