मकवानपुरमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

मृत्यु

मकवानपुरमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ जेष्ठ २०८२, ०७:५९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ जेष्ठ २०८२, ०७:५९

मकवानपुरको भीमफेदी गाउँपालिका ८ कोगटेमा पौडी खेल्ने क्रममा एक व्यक्तिको डुबेर मृत्यु भएको छ । जेठ १३ गते कोगटे स्थित कोगटे खोलामा पौडी खेल्न आएका काठमाण्डौ महानगरपालिका १२ लाजिम्पाट बस्ने बर्ष १७ को नामसोज हगंजबेगुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।

काठमाडौं लाजिम्पाट बस्ने नामसोज हगंजबेगु सहित ८ जना पौडी खेल्न कोगटे स्थित कोगटे खोला आएको र पौडी खेल्ने क्रममा उनको मित्यु भएको हो ।

मृत्यु भएको खवर प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरी मकवानपुरबाट प्रहरी सहायक निरिक्षक राम प्रसाद यादवको कमाण्डमा प्रहरी घटना स्थल पुगेको र स्थानीय व्यक्तिको सहयोगमा स्थानीय सिस्नेरी स्वास्थ्य चौकीमा हगंजबेगुलाई लैजादा मृत्यु भैसकेको बताइएको छ । मृत्यु भएका काठमाण्डौ महानगरपालिका १२ लाजिम्पाट बस्ने बर्ष १७ को नामसोज हगंजबेगुलाई आफन्तको जिम्मामा प्रहरीको साथ लगाई पोस्ट मार्टमको लागी टिचिङ अस्पताल काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस