नेपाली कांग्रेसले साउनबाट नयाँ क्रियाशील वितरण गर्ने

कांग्रेसका कुरा

नेपाली कांग्रेसले साउनबाट नयाँ क्रियाशील वितरण गर्ने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ जेष्ठ २०८२, ०९:१० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ जेष्ठ २०८२, ०९:१०

नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेता १५ औं महाधिवेशन लक्षित गरि चुनावी माहोल बनाउन जिल्ला-जिल्ला दौडमा निस्किए पनि पार्टीको क्रियाशील सदस्यता टुंगो लाग्न नसक्दा १५ औं महाधिवेशन कहाँ र कहिले हुने भन्ने बिषय पार्टीका नेतृत्वमा रहेका समेत अनविज्ञ छन । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद १० जिल्लामा व्यापक रहेको छ । काठमाडौंमै समेत क्रियाशिल सदस्यता विवादत रहेको छ यस्तो अवस्थामा कांग्रेसको १५ औं महादिबेशन अन्योलनै रहेको छ ।

नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको गगन थापा निकट स्रोतले जानकारी दिएको हो ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरु गर्ने तयारि रहेको बुझिएको छ ।

नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि आजको बैठकले गरेको छ ।

अहिले ७७ जिल्लामा अनलाइनमा क्रियाशील सदस्यताको नवीकरण प्रविष्ट गर्ने काम भइरहेको छ ।

असार मसान्तसम्म अनलाइनमा नवीकरणको काम नसकिए अटो लकको सिस्टम राख्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस