आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भए पछी छोरा प्रहरी नियन्त्रणमा रहेका हुन् ।
मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटनाबाट महिलाको मृत्यु भएको छ ।
आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए ।
प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आइतबार साँझ रतुवामाई–६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
घाईतेको रंगेली अस्पताल पुर्याउनसाथ आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, ०८:३० बजे










प्रतिक्रिया