बगुवामा बाटो बगायो कान्तिलोकपथ बन्द

बाटो अबरुद्ध

बगुवामा बाटो बगायो कान्तिलोकपथ बन्द

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ जेष्ठ २०८२, ०७:५९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ जेष्ठ २०८२, ०७:५९

हेटौंडा बाट काठमाडौं जाने छोटो दुरीको बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हिजो राति परेको बर्षाको कारण मकवानपुरको भिमफेदि गाउँपालिका ८ र  ललितपुर जिल्लाको बागमती गाउँपालिका २ बिचको सिमानामा रहेको कान्ति लोकपथ सडकखण्ड अन्तर्गत बागमती पुल(बगुवा खोला) मर्मत कार्यको लागि खोलामा बनाइएको डाईभर्सन पानीको बहाव एक्कासी बढ्न गई उक्त डाईभर्सनमा प्रयोग भएका ह्युमपाइपहरु बगाई बाटो अवरुद्ध भएको प्रहरीले बताएको हो ।

हेटौंडा बाट काठमाडौं जाने छोटो दुरीको बाटो अवरोध भएको अहिले ममर्त कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ  । इलाका प्रहरी कार्यालय ठिंगन बाट गएको प्रहरी टोलीले बाटो मर्मतको लागि पहल गरिरहेको ठिंगन प्रहरीले जानकारी दिएको छ ।

कान्तिलोकपथ अबरुद्ध भएका कारण हेटौंडा बाट काठमाडौं जाने सवारी साधन र यात्रुले बैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस