सरकारले कुलमानलाई हटाएर हितेंद्रदेब शाक्यलाई नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि बिधुतलाईन जाने क्रम तिब्र हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ । पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो ।
विजुली काटिएपछि स्थानीय र पर्यटन व्यवसायीले प्रहरीमा उजुरी गरेका थिए । स्थानीयकै आग्रहमा मापसे चेक गरिएको इलाका ट्राफिक कार्यालय डाँडाको नाकका इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिए । लाईन आउने क्रम भन्दा पनि जाने क्रम बढी भएको कारण उजुरी गरेको र हाकिमको मापसे चेक गर्न लगाएको एक ब्यबसायीले बताए ।
तर उनीहरुले मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए । नागरिकको निकै धेरै गुनासो आयो, हामीले चेक गर्यौं । तर मापसे गरेको भेटिएन, उनले भने, नागरिकसँग राम्रो व्यवहार नगरेपछि मापसे गरेको शङ्का लागेर हामीलाई चेक गर्न आग्रह गरेपछि चेक गरेका हौँ । स्थानीयले भने हाकिम र त्यहा कार्यरत कर्मचारीले मादक पदार्थ सेवन गर्ने र जनतालाई अध्यारोमा राख्ने गरेको आरोप लगाएका छन ।










प्रतिक्रिया