पहिरोका कारण कान्तिलोकपथ बन्द

बाटो अबरुद्ध

पहिरोका कारण कान्तिलोकपथ बन्द

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ बैशाख २०८२, ०७:३८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ बैशाख २०८२, ०७:३८

आज दिउँसो परेको पानीका कारण बाटो अबरुद्ध भएको छ ।

हेटौंडा बाट छोटो दुरीको मार्ग हेटौंडा काठमाण्डौ कान्तिलोकपथ पहिरोका कारण अबरुद्ध भएको हो ।

कान्तिलोकपथ अन्तर्गत भीमफेदी गाउँपालिकाको ८ नम्बर वडामा पर्ने भर्याङडाँडामा पानि परेको र पानीको कारण पहिरो खस्दा लोकमार्ग बन्द भएको ईलाका प्रहरी कार्यालय ठिंगनले जानकारी दिएको हो ।

ईलाका प्रहरी कार्यालय ठिंगनको पहलमा पहिरो गएको स्थलमा दुई ओटा जेसिबी लगेर बाटो पन्छाउने कार्य थालिएको भए पनि पानि पर्ने कार्य नरोकिएको र पहिरो झर्ने कार्य निरन्तर भएको कारण बाटो खुलाउन नसकिएको ठिंगन प्रहरीले जनाएको छ ।

हेटौंडा बाट ठिंगन हुँदै काठमाण्डौ जाने कान्तिलोकपथ पहिरोको कारण अबरुद्ध भएका कारण बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस