चुनाव हारेका पौडेललाई गभर्नर बनाउने सरकारको चलखेल

चुनाब हारेकालाई गभर्नर

चुनाव हारेका पौडेललाई गभर्नर बनाउने सरकारको चलखेल

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ बैशाख २०८२, ०७:४७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ बैशाख २०८२, ०७:४७

गभर्नर नियुक्तिको बिषय पेचिलो बनेको छ । गभर्नर नियुक्ति गर्दा दक्ष र अनुभवीलाई नियुक्ति गर्नु पर्ने प्रावधानलाई समेत बेवास्ता गर्दै सरकारले जनता बाट बहिस्कृत चुनाव हरेका व्यक्तिलाई गभर्नर बनाउने चलखेल गरे संगै यो बिषय पेचिलो बनेको हो । गभर्नर बन्न ४० करोड बुझाउनु पर्ने बिषय संसदमै उठेको अवस्थामा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उमेद्वार बनेका विश्व पौडेललाई भावी गभर्नरको रुपमा अगाडी बढाए पछी यो बिषय पेचिलो बनेको हो ।

यता गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न का.मु गभर्नर निलम ढुंगानाले आनाकानी गरे पछी गभर्नर सिफारिस समितिका सदस्य रहेका विश्व पौडेलले राजीनामा दिएका छन् । समितिका सदस्य पौडेललाई नेपाली कांग्रेसले गभर्नरको रुपमा अगाडि बढाउने भएपछि उनले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका हुन् । पौडेल चितवन क्षेत्र नम्बर १ को निर्वाचनमा तेश्रो भएका थिए ।

उनले आइतबार समितिका संयोजक समेत रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष राजीनामा दिएका हुन् । गत शुक्रबार नेपाली कांग्रेसको पदाधिकरी बैठकपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस एमालेका शीर्ष नेताको बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गुणाकर भट्टको विकल्पमा पौडेलको नाम गभर्नरको रुपमा सिफारिस गरेका थिए ।

यसअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आगामी गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको समाचार आएको थियो । सोही अनुसार भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि कांग्रेसले गभर्नरको लागि नयाँ विकल्पको रुपमा पौडेलको नाम अघि सारेको हो ।

सरकारले ११ चैतमा गभर्नर नियुक्तिको लागि सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलेको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । ऐनको व्यवस्था अनुसार सिफारिस समितिको सदस्यमा पूर्वगभर्नर मध्येबाट विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य बनाइएको थियो ।

तर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराइले ९ वैशाखमा समिति गठन भएको १ महिनासम्म पनि बैठक नबोलाएको र राजनीतिक सहमतिको नाममा सिफारिस समितिलाई रबर स्ट्याम्प बनाउन खोजिएको भन्दै सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाली कांग्रेसबाट चितवनको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उमेदवार रहेका पौडेललाई गभर्नरको रुपमा कांग्रेस सभापतिले अगाडि सारेसँगै उनको पनि राजीनामा आएको छ ।

चितवन क्षेत्र नम्बर १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी हुनुभएको थियो । पौडेलले निर्वाचन ताका पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर चुनाब लडेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस