प्रहरी चौकी रातोमाटे मकवानपुरले बैशाख २३ गते लागुऔषध नाईट्राभेट सहित १ जनालाई पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा रौतहटबाट काठमाण्डौतर्फ जादैं गरेको बागमती प्रदेश ०१-०३१ च ५०२२ ननम्बरको यात्रुवाहक इभि गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार भई आएका जिल्ला रौतहट मौलापुर नगरपालिका ९ बस्ने वर्ष ३२ को सुनिल सिंह पटेललाई लागुऔषध नाईट्राभेट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
प्रहरीले इभि गाडीको खानतलासी गर्ने क्रममा गाडीको छतमा रातो रंगको सुटकेस र झोलाभित्र लुकाई छिपाई ल्याईएको अवस्थामा लागुऔषध नाईट्राभेट ३४४० ट्याब्लेट, ट्रामाडोल २९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल फेला परेको थियो ।
प्रहरीले लागूऔषध बरामद गरी सुनिल सिंह पटेललाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध नाईट्राभेट समेत मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका हुन् ।










प्रतिक्रिया