अध्यक्षको छोरालाई छात्रवृत्ति दिने सुचना पालिकाले गर्यो गायब

मनहरीमा सुचनानै गायब

अध्यक्षको छोरालाई छात्रवृत्ति दिने सुचना पालिकाले गर्यो गायब

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ बैशाख २०८२, ०८:०६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ बैशाख २०८२, ०८:०६

सरकारी सुचना सार्वजनिक गर्ने प्लेटफम भनेको पालिकाको आफ्नै वेब साईड र पालिकाकै सामाजिक संजाल फेसबुकनै हो । ७५३ वटा स्थानीय तहले आफ्नै वेबसाइड र सामाजिक संजाल फेसबुक मार्फत आफ्ना पालिका भित्रका सुचना सार्वजनिक गर्दै आएका छन ।

मकवानपुरको मनहरी गाउँ पालिकाको पनि पालिकाको सुचना सन्देश सार्वजनिक गर्न पालिकाले आफ्नै पालिकाको नाममा सामाजिक संजाल फेसबुक एकाउन्ट बनाएको छ र सोहि बाट पालिका भित्रको सुचना सार्वजनिक सरोकारको बिषय सार्वजनिक गर्दै आएको छ ।

मनहरी गाउँपालिकाले २०८२ बैशाख १७ गते आफ्नो पालिकाको फेसबुक एकाउन्ट मार्फत गरिव तथा जेहन्दार बिद्यार्थी लक्षित् गरेर गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति व्यवस्थापन कार्यक्रम अन्तर्गत छात्रवृत्ति पाउने विद्यार्थीको नाम लिस्ट सहितको सुचना सार्वजनिक गरेको थियो । पालिकाले सार्वजनिक गरेको सुचना मध्ये बाट १२ घण्टा नबित्दै उक्त फेसबुक बाट एक पाना गायब बनाउने काम गरे पछी पालिका सुचना लुकाउन कति छिटो रहेछ भन्ने प्रस्टै भएको छ ।

पालिकाले गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति व्यवस्थापन कार्यक्रम अन्तर्गत छात्रवृत्ति पाउने विद्यार्थीको नाम लिस्टमा मनहरी गाउँपालिका ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीको छोरा अस्मित उप्रेती सम्मले छात्रवृत्ति पाउने सुचनाको ९५ नम्बरमा नाम परे पछी पालिकाले फेसबुक बाट उक्त एक पाना सुचानानै गायब गरेको थियो ।

गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति व्यवस्थापन कार्यक्रम अन्तर्गत छात्रवृत्ति पाउने विद्यार्थीको ९५ नम्बरमा नाम उल्लेख भएका अस्मित उप्रेती महेन्द्र किरण माध्यामीक बिद्यालयमा अध्यानरत विद्यार्थी हुन् भने उक्त विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उनै मनहरी गाउँपालिका ८ का वडा अध्यक्ष नारायण उप्रेती रहेका छन ।

गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति व्यवस्थापन कार्यक्रम अन्तर्गत छात्रवृत्ति पाउने विद्यार्थी गरिव तथा जेहन्दार हुनु पर्ने प्रावधानलाई धज्जी उडाउदै पालिकाले क्रसर ब्यबसायी जनप्रतिनिधि बिद्यालय व्यवस्थापन समिति अध्यक्षको छोरा लक्षित् गरेर छात्रवृत्ति प्रदान गरेपछि विवाद उत्पन्न भएर पालिकाले आफ्नो आधिकारिक फेसबुक बाट सार्वजनिक गरेको सुचनाको एक पानानै गायब गरेको थियो ।

गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति व्यवस्थापन कार्यक्रमको समाचार प्रकाशन पश्चात मनहरी गाउँपालिका ८ नम्बर वडा अध्यक्षले आफु चोखिन सामाजिक संजाल मार्फत झुट सार्वजनिक समेत गरेका छन । अध्यक्ष उप्रेतीले आफ्नै छोराले पाएको ७२०० को छात्रवृत्ति आफुलाई थाहा नभएको भनि झुट बोलेका हुन् । आफै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका उप्रेतीले आफ्नो बिद्यालय बाट को कतिले छात्रवृत्ति पाउन लागेका छन , योग्य हुनकी होईनन भन्ने हेक्का समेत नराखेका हुन् त् ? के कार्यपालिका बैठकले निर्णयनै नगरी उप्रेतीले छात्रवृत्ति पाएका हुन् त् ?

पालिका अध्यक्ष रन्जन कालाखेतिका अनुसार गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति व्यवस्थापन कार्यक्रम अन्तर्गत छात्रवृत्ति पाउन टोल समिति देखि बिद्यालय प्रशासन र वडा कार्यालयले शिफारिस गरे पछी मात्र पालिकाले कार्यपालिकाको बैठक बसी अनुमोदन गर्ने कार्यविधि रहेको बताएका छन । पालिका अध्यक्ष कालाखेतिले बताएको कार्यविधि अनुसार ८ नम्बर वडा अध्यक्षले झुट बोलेको र आफु चोखिन खोजेको प्रस्टै हुने आधार रहेको छ । वडा अध्यक्ष झुट बोल्ने पालिका सुचानानै गायब गर्ने मनहरी गाउँपालिकामा सुशासन कहिले होला ?

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस