इन्द्रसरोवर गाउँपालिकामा भिर बाट लडेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।
हिजो राति ८ बजेको समयमा जिल्ला मकवानपुर इन्द्रसरोवर गाउँपालिका १ दलसंह बस्ने बर्ष ६० को रबिमाया भम्जन सामान किन्न पसल गएको र आज बिहान सम्म पनि घर नआए पछी स्थानीयले खोज तलास गर्दा बिहान १० बजेको समयमा इन्द्रसरोवर १ दलसंह स्थित भिरखर्कको बाटोबाट अन्दाजी ३०० मिटर तल लडेर मृत अवस्थामा फेला परेको भेटिएको थियो ।
दुर्घटना स्थलमा अस्थाई प्रहरी चौकी मार्खु बाट गएको उद्धार र इलाका प्रहरी कार्यालय भीमफेदी बाट प्रहरी निरिक्षक सन्त कुमार श्रेष्ठको टोलि घटना स्थल पुगी अनुसन्धान तथा मुचुल्का गर्ने कार्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनु भयो ।
भिरमा लडी मृत्यु भएका भम्जनको शब् निकाल्ने तयारि भएको र थापा जनशक्तिको लागि इलाका प्रहरी कार्यालय पालुङ बाट समेत टोलि खटाइएको अर्यालले जानकारी दिए ।










प्रतिक्रिया