बागमती प्रदेश सरकारको निर्णयलाई अबज्ञा गर्दै मनहरीमा बिद्यालय संचालनको तयारी

सरकारको निर्णय अबज्ञा

बागमती प्रदेश सरकारको निर्णयलाई अबज्ञा गर्दै मनहरीमा बिद्यालय संचालनको तयारी

पालिका बेखवर बन्दा सरकारको निर्णय माथि थपियो चुनौती

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ बैशाख २०८२, ०९:०६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ बैशाख २०८२, ०९:०६

बागमती प्रदेश सरकारको निर्णयलाई अबज्ञा गर्दै मकवानपुरको मनहरी गाउँ पालिका ८ मा रहेको युनाईटेड इङ्गलिस बोर्डिङ स्कुल संचालन गर्ने भन्दै सुचना प्रकाशन गरेको स्रोत उपलब्ध भएको छ ।

बागमती प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक बिदा दिने मन्त्री परिषदले गरेको निर्णय बैशाख २२ गते एक सुचना जारि गर्दै भाषा दिवसको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि मनहरी गाउँ पालिका ८ मा रहेको युनाईटेड इङ्गलिस बोर्डिङ स्कुलले प्रदेश सरकारले गरेको उक्त निर्णयलाई बाहिर रहेर बिद्यालय संचालन गर्ने भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो  । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको भए पनि युनाईटेड इङ्गलिस बोर्डिङ स्कुल मनहरिले भने बिद्यालयमा नियमित पठन-पाठन गर्ने सुचना प्रकाशन गरेको पाइएको छ ।

प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम बैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको अवस्थामा युनाईटेड इङ्गलिस बोर्डिङ स्कुलले भने आफ्नो बिद्यालयको शैक्षिक् सत्र ढिला गरि संचालन गरेको जनाउदै आज पनि बिद्यालय संचालन गरि पठन पाठन यतावत् गर्ने जनाएको छ । प्रदेश सरकारले चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदासहित क्यालेण्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले गरेको सार्वजनिक बिदाको दिनमा समेत बिद्यालय संचालन गर्ने निर्णय गरेको युनाईटेड इङ्गलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक विष्णुहरि सुबेदीलाई तपाइँहरुले प्रदेश सरकारको निर्णयलाई अबज्ञा गरि बिद्यालय संचालन किन गर्नु भयो भनि प्रतिक्रिया लिंदा उनि भन्छन “बिद्यालय संचालन गर्दा प्रदेश सरकारको निर्णय अबज्ञा गरेको हुन्न” हामीले हाम्रो विद्यालयको पठन-पाठन ढिला गरि संचालन गरेका कारण प्रदेश सरकारले ढिला सुचना जारि गरेका कारण सार्वजनिक बिदाको दिनमा पनि बिद्यालय संचालन गर्न लागेका हौ”।

मकवानपुर जिल्ला भित्रका सबै निजि बिद्यालय आज प्रदेश सरकारले गरेको सार्वजनिक बिदाको पूर्ण पालना गरि बन्द रहेको अवस्थामा मनहरीमा रहेको युनाईटेड इङ्गलिस बोर्डिङ स्कुल भने संचालनमा रहने भए पछी मनहरी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रदिप पराजुलीलाई तपाईको पालिकाको युनाईटेड इङ्गलिस बोर्डिङ स्कुललाई प्रदेश सरकारको कानुन नलाग्ने हो भनि प्रतिक्रिया लिंदा उनि भन्छन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो, सार्वजनिक बिदाको दिन बिद्यालय संचालन गर्न पाइदैन यदि त्यसरी बिद्यालय संचालन भएको भए कानुन अनुसार कारवाही हुन्छ” । सार्वजनिक बिदाको दिन बिद्यालय संचालन गर्दा युनाईटेड इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो तालुक निकाय मनहरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखालाई समेत जानकारी नगराएको पराजुलीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस