बस दुर्घटना तिन जनाको मृत्यु ११ जना घाइते

दुर्घटना

बस दुर्घटना तिन जनाको मृत्यु ११ जना घाइते

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ बैशाख २०८२, ०८:०६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ बैशाख २०८२, ०८:०६

सडकबाट ५० मिटर तल बस खस्दा दुर्घटना भएर ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । धनकुटामा भएको बस दुर्घटनाको ११ जना घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको ।

सोमबार दिउँसो  धरानबाट  यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस  कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रहरी स्रोतका अनुसार दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६  का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइते को बिराटनगरका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस