सिडिओ स्किमलाई मकवानपुरनै थमौती कवारी बाहिरीए रिसाल भित्रीए

सिडिओ हेरफेर

सिडिओ स्किमलाई मकवानपुरनै थमौती कवारी बाहिरीए रिसाल भित्रीए

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ बैशाख २०८२, ०८:५६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ बैशाख २०८२, ०८:५६

गृह मन्त्रालयले पहुँचका आधारमा घर पायक गएका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई फिर्ता बोलाउन थाले पछी केहि महिना अघि मकवानपुरमा प्रमुख जिल्ला अधिकारि भएर आएकी स्किम श्रेष्ठलाई फिर्ता बोलाउने तयारि गृह प्रशासनले गरि रहेको भए पनि पार्टी नेतृत्वको दवाबको कारण थमौती भएको प्रशासन स्रोतको दावी रहेको छ । गृहमन्त्री रमेश लेखक र गोकर्णमणि दुवाडीले कानुनविपरीत गरेको सरुवाको काम बदर गर्न थाले पछी श्रेष्ठको सरुवाको समेत चर्चा चलेको थियो ।

गृह मन्त्रालय स्रोतले कानुनको धज्जी उडाउँदै गृह जिल्ला महोत्तरीको सिडिओ बनाएका लालबाबु कवारीलाई फिर्ता बोलाएको छ । महोत्तरीको सिडिओमा अर्थ मन्त्रालयबाट गृह मन्त्रालय छिरेका नारायणप्रसाद रिसाललाई पठाइएर कवारीलाई फिर्ता बोलाइएको हो । विवादित पृष्ठभूमिका कवारीलाई हटाएर महोत्तरीको सिडिओमा रिसाललाई पठाइएको छ। सहसचिव रिसाल कानुनविपरीत लामो समयदेखि गृहको जगेडामा रहेका थिए ।

यता गृह जिल्ला मकवानपुरको सिडिओ बनेर आएकी स्किम श्रेष्ठ भने गृह जिल्लामै कार्यरत छिन् । मकवानपुर हटियाकी स्किम श्रेष्ठ पनि आफू जन्मिएको जिल्लामै सिडिओ भएर आएकी थिइन्। नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारी रहेकी स्किमलाई गृह मन्त्रालयले गृहजिल्लाकै सिडिओ बनाएर पठाएको थियो । गृह मन्त्रालयलय छिरेको छोटो समयमै नवलपरासी पश्चिमको सिडिओ भएर गएकी स्किम त्यसपछि गृहजिल्ला मकवानपुरको सिडिओ भएर आएकी हुन् ।

कानुनविपरीत सिडिओको जिम्मेवारीमा रहेकी स्किम भने गृह जिल्ला मकवानपुरमै कार्यरत छिन्। श्रेष्ठ मकवानपुर आए लगत्तै विवादित बनेकी थिइन् । श्रेष्ठले नेकपा एमालेको इशारामा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालको बोर्ड विवादमा मकवानपुरका केहि युवालाई पक्राउ गर्न मुद्धा चलाउन निर्देशन दिएको भन्दै उनको बिरुद्धमा हेटौंडाको बिभिन्न स्थानमा टायर बालेर सडक अबरुद्ध समेत भएको थियो । श्रेष्ठको बिरुद्धमा हेटौंडामा नारावाजी सहित “एमाले सिडिओ फिर्ता जा” भन्ने नारावाजी चले पछी ५ दिनको लागि आफैले म्याद थप गरेको मुद्धा १२ घण्टा नबित्दै किनारा लगाएकी थिइन् ।

श्रेष्ठ मकवानपुरको प्रमुख जिल्ला अधिकारि कम एमाले कार्यकर्ता ज्यादा भएको भन्दै आन्दोलन भएको थियो । सिडिओ श्रेष्ठको बिरुद्ध सडकमा आन्दोलन भए पछी गृहले फिर्ता बोलाउने तयारि गरेको भए पनि राजनीतिका प्रभावका कारण उनलाई मकवानपुरमै थमौती गरेको स्रोतको दावी रहेको छ ।

केही समय अघि मात्र जन्म जिल्ला दैलेखकको सिडिओ रहेका नवराज जैसीलाई मन्त्रालय तानिएको थियो। सहसचिवको दरबन्दीमा गएका उपसचिव सिडिओ जैसीलाई मन्त्रालय तानेर सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको सिडिओ बनाएर पठाइएको छ।

गृहले बनाएको सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ नबनाउने भनेको छ। गृहले बनाएको उक्त कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने उल्लेख छ। तर, उक्त कार्यविधिलाई ‘घाममा सुकाउँदै’ स्किम श्रेष्ठलाई गृह जिल्ला मकवानपुर पठाएको थियो । अहिले भने गृह मन्त्रालयले त्यसलाई ‘करेक्सन’ गर्न थालेको भए पनि श्रेष्ठलाई भने मकवानपुरमै थमौती गरे पछी “पावर सो” भएको भन्दै गृहको सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस