मकवानपुर प्रहरीले ३० किलो लागुऔषध गाँजा सहित एक महिला पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक विश्वम्भर नाथ साहको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा बसपार्कबाट ३० किलो लागुऔषध गाँजा सहित एक महिला पक्राउ गरेको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका हुन् ।
प्रहरीले बैशाख २२ गते अन्दाजी १ बजेको समयमा जिल्ला मकवानपुर हेटौडा १० बसपार्क बाट बिशेष सुराकीको आधारमा लागूऔषध गाँजा ओसारपसार भईरहेको छ भन्ने खवर प्राप्त हुना साथा उक्त क्षेत्रमा प्रहरी परिचालन गरि पक्राउ गर्न सफल भएको हो ।
टोलीले हेटौडा बसपार्कबाट बिरगंजतर्फ जान रोकि राखेको बागमती प्रदेश ०३-०१ ज ९७४ नम्बरको इभि गाडीमा सवार भई आएकी जिल्ला चितवन राप्ती नगरपालिका वडा ८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई शंका लागी निजको शरीर तथा झोला समेतको रितपुर्वक खानतलासी गर्दा गाडीको छतमाथी जेब्रा झोलाभित्र लुकाई छिपाई राखिएको तीन वटा पोकामा ३० किलो लागुऔषध गाँजा फेला पारेको र उक्त लागुऔषध बरामद गरी निज लालमाया तामाङलाई नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्धामा थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।










प्रतिक्रिया