विश्वकर्माले चलाएको स्करपियोले ठक्कर दिंदा धोवीको मृत्यु

दुर्घटना

विश्वकर्माले चलाएको स्करपियोले ठक्कर दिंदा धोवीको मृत्यु

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ बैशाख २०८२, ११:२५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ बैशाख २०८२, ११:२५

कैलालीको भजनी नगरपालिका–७ स्थित गणेशमान चोकमा स्करपियोले ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ।

भारतीय नम्बर प्लेट युपी ३१ एयु ७३२० भएको मोटरसाइकल चलाइरहेका २० वर्षीय कुलदीप धोवीलाई बाँके कोहलपुर नगरपालिका–२ निवासी ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको बीएबी ४५९२ नम्बरको स्करपियोले ठक्कर दिएको हो।

गम्भीर घाइते भएका धोवीलाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनापछि स्करपियो र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस