हिजो बाट सुरु भएको कक्षा १२ को परिक्षा दिन गौर हिडेका हेटौंडा १२ का कुमार पोख्रेलले चलाएको बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको थियो ।
सवारी दुर्घटना पश्चात दुर्घटना स्थल बाट पोख्रेल भागेर चन्द्रनिगाहापुर इलाका प्रहरी कार्यालय पुगेका थिए भने तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । दुर्घटना बाट मृत्यु भएका सहनी परिवारले आन्दोलन चर्काउन सक्ने स्थिति देखिए पछी हिजोनै पिडित पक्ष र दुर्घटना गराउने पोख्रेललाई राखी इलाका प्रहरी कार्यालय चपुरले सहमति गराएको थियो ।
इलाका प्रहरी कार्यालय चपुर स्रोतले जानकारी दिए अनुसार पोख्रेलले पिडित पक्षलाई १७ लाख दिने सहमति भएको बुझिएको छ । इलाका प्रहरी कार्यालय चपुरका प्रहरी नायब उपरिक्षकका अनुसार पिडित पक्ष र पीडक पक्ष बीच लेनदेनको सहमति भएको र आज कानुनि प्रक्रिया अनुसार मिलाउने तयारि भएको बताए ।
पोख्रेलले अत्याधिक स्पिडमा कार चलाएको कारण चपुरबाट निजगढतर्फ आउंदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । हिजो बाट देशभर कक्षा १२ को परिक्षा सुरु भएको र पोख्रेल पनि कक्षा १२ को परिक्षा दिन गौर हिडेको प्रहरी स्रोतले बतायो ।
प्रहरी स्रोतका अनुसार बिहान ८ बजे बाट परिक्षा सुरु हुने भएका कारण पोख्रेलले अत्याधिक स्पिडमा सवारी चलाएको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए । पोख्रेलले चलाएको बा ६ च ३५२६ नम्बरको सेन्ट्रो कारको कागजपत्र समेत फेल भएको तथ्य बाहिरिएको छ । दुई जनाको मृत्यु हुने गरि सवारी चलाएका पोख्रेल इलाका प्रहरी कार्यालय चंद्रपुरको हिरासतमा रहेको कारण उनि कक्षा १२ को परिक्षा बाट बन्चित भएका छन ।










प्रतिक्रिया