कप्तानको मृत्युले शोकमा सोलथुम

मृत्यु

कप्तानको मृत्युले शोकमा सोलथुम

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ बैशाख २०८२, ०८:१८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ बैशाख २०८२, ०८:१८

बैशाख २१ गते स्थानीय जंगलमा तरकारीको लागि कुरिलो खोज्न जाँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।

आइतवार दिँउस १२ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ सोलथुम चुहार स्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खसि  मकवानपुरपुरगढि ५ बस्ने वर्ष ५२ को कप्तान रुम्बाको मृत्यु भएको हो ।

भिरमा लडेर मृत्यु भएको खवर थाहा हुना साथ मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दिपेश दाहालले प्रहरीलाई खवर गरेको र इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरिक्षक् बिरेन्द्र रायमाझी सहितको टोलि घटना स्थल पुगेको थियो ।

घट्नास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरि कप्तानको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । स्थानीय ५२ बर्षीय कप्तान रुम्वाको मृत्युले यति बेला मकवानापुरगढ़ी ५ सोलथुम शोकमा परेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस