बर्षाको कारण कान्ती लोकपथ सडक खण्ड अबरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।
बैशाख २१ गते बिहान ६:१५ बजेको समयमा मकवानपुर र ललितपुरको सिमाना मकवानपुरको भिमफेदी गा.पा.८ र ललितपुरको बागमती गा.पा. २ ललितपुर तर्फको बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो बर्षाको कारण बगाएकोले तत्काल बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताउनु भएको छ ।
हेटौंडा बाट काठमाडौ जाने छोटो दुरिको कान्तिलोकपथ बाट अबरुद्ध भएको र प्रहरी टोलि खटी गई अबरुद्ध सडक खुलाउने पहल भईरहेको प्रहरीको भनाई रहेको छ । हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरु प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरिएको छ ।
प्रकाशित मिति: २१ बैशाख २०८२, ०८:१२ बजे










प्रतिक्रिया