बैशाख ३१ सम्म राजमार्ग बन्द हुने बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

सडक बन्द रहने

बैशाख ३१ सम्म राजमार्ग बन्द हुने बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ बैशाख २०८२, ०९:३८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ बैशाख २०८२, ०९:३८

चैत २७ गते बाट राजमार्ग बन्द गरेर निर्माण थालिएको नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । चैत २७ गते देखि वैशाख १५ गतेसम्म राति ११:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो ।

नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११:०० देखि भोलिपल्ट बिहान ५:०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।

यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११:०० देखि ३:०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११:०० देखि बिहान ५:०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।

१७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ । निर्माण कम्पनीले समयमै सडक निर्माण गर्न नसक्दा नागरिकले समस्या भोग्दै आएका थिए । सडक बन्द हुने समयमा बैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस