सरकारले सिमेन्ट र डन्डीको भाउमा एम आर पी राख्न गरेको निर्देशनलाई धोति लगाउदै उद्योगीले बिधुत प्राधिकारणको दोष देखाउदै मूल्य बढाउने काम गरेका छन । सरकारले नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक बाट कुलमान घिसिङलाई बर्खास्त गरे पछी खुशी देखिएका उद्योगीले अहिले प्राधिकरणलाई दोष थोपरेर निर्माण सामाग्रीमा मूल्य बढाएका हु ।
बजारमा भाउ घटेको ‘हल्ला’ गराएका उद्योगीले उपभोक्ता छक्याउँदै फेरि सिमेन्ट र डन्डीको भाउ बढाएका छन् । उद्योगीहरूले १५ चैत २०८१ मा सिमेन्टको भाउ प्रतिबोरा २० रुपैयाँ र डन्डी किलोको ८ देखि १० रुपैयाँ घटाइएको बताएका थिए ।
तर, अहिले फेरि उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र उत्पादन गर्न नपाएको भन्दै उनीहरूले बढी मूल्यमा सिमेन्ट र डन्डी बिक्री गरिरहेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले उद्योगीले सिमेन्ट र डन्डीको मूल्य मिलेमतोमै बढाएर बेचेको दाबी गरेका छन् ।
उनका अनुसार उद्योगीहरूले सिमेन्ट र डन्डी उत्पादन कटौती गरेर मूल्य बढाएका हुन् । उत्पादन बढाएर लागत घटाउनु पर्नेमा उत्पादन नै घटाएर मूल्य बढाउँदै लगिरहेको उनी बताउँछन् ।
उद्योगीले सिमेन्ट र डन्डीमा ‘कार्टेलिङ’ गरी बजारमा भाउ बढाएको सिंह बताउँछन् । ‘अहिले डन्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँबाट ९४ रुपैयाँ पुगेको छ । पहिला ७ सय ५० रुपैयाँ रहेको ओपीसी सिमेन्टको मूल्य बढाएर ७ सय ७१ रुपैयाँसम्म पुर्याएका छन्,’ सिंहले भने, ‘अहिले हामीले २–३ दिन लाइनमा उभिएर सिमेन्ट किन्नुपर्ने अवस्था छ ।’
उद्योगीहरूले लोडसेडिङ भएका कारण उत्पादन गर्न नपाएको दाबी गरेका छन् । अध्यक्ष सिंह यदि उद्योगीले लोडसेडिङकै कारण उत्पादन गर्न नसकेको भए उत्पादन क्षमता कति हो र अहिले उत्पादन कति भइरहेको छ भन्ने स्पष्ट तथ्यांक सार्वजनिक गर्न माग गर्छन् ।
नेपाल फलामे छड उत्पादक संघ उपाध्यक्ष हरि न्यौपाने बीचमा घटेको डन्डीको भाउ अहिले फेरि बढेको स्वीकार्छन् ।
‘उहाँहरूको कुल उत्पादन क्षमता कति हो र लोडसेडिङले कति उत्पादन घट्यो, कति बिक्री भएको छ र कति मूल्यमा बेचिएको छ स्पष्ट पार्नुपर्यो,’ उनको प्रश्न छ, ‘२५ सय टन उतपादन गर्ने क्षमता भएका उद्योगको १२ घण्टा लोडसेडिङ नै भए १२ सय टन त उत्पादन हुन्छ होला नि र?’
अध्यक्ष सिंहका अनुसार अहिले भारतमा नेपाली सिमेन्ट प्रतिबोरा ५ सय रुपैयाँमा पाइन्छ । तर, नेपाली उपभोक्तालाई ७ सय ७१ रुपैयाँमा किन बेचियो भन्ने उनको प्रश्न छ । कुलमान हटाउने बितिक्कै उद्योगिहरुमा खुशियाली छाएको थियो भने हितेंद्रदेवले उद्योगि पोसाउने काम गरेको आरोप खेप्दै आएका थिए ।










प्रतिक्रिया