एघार लाख रकम सहित एक पक्राउ

पक्राउ

एघार लाख रकम सहित एक पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ बैशाख २०८२, ०६:२९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ बैशाख २०८२, ०६:२९

स्रोत नखुलेको रकम सहित विमानस्थलबाट एक नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४५ वर्षीय सौरभ थुकराल छन् । विमानस्थलमा चेकिङको क्रममा उनी आइतबार पक्राउ परेका हुन् । उनी एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए ।

पक्राउ परेका थुकरालको साथ बाट अवैध ११ लाख नेपाली रुपैयाँ र ८२ हजार ५ सय भारुसहित समातिएका थिए । जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । उक्त रकम के प्रयोजनको लागि थियो भन्ने नखुलेको ललितपुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस