स्कुटर दुर्घटना हुँदा एमाले जिल्ला अध्यक्ष पोखरेल घाइते अईसियुमा उपचार हुँदै

स्कुटर दुर्घटना

स्कुटर दुर्घटना हुँदा एमाले जिल्ला अध्यक्ष पोखरेल घाइते अईसियुमा उपचार हुँदै

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ बैशाख २०८२, १०:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ बैशाख २०८२, १०:२३

नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल स्कुटर दुर्घटना बाट सख्त घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

चैत १३ गते बिहान अन्दाजी ८ बजेको समयमा हेटौंडा उपमहानगरपालिका ५ पुष्पलाल पार्क अगाडी भित्री सडकमा स्कुटर दुर्घटना भएको हो ।

पोखरेल घर बाट हेटौंडा बजार निस्कने क्रममा दुर्घटना भएको खुलेको छ । पोखरेल बा.प्र ३-००१-प-५८०७ नम्बरको आफैले चलाएको स्कुटर एक्कासि ब्रेक फेल भै अनियन्त्रीत  हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

स्कुटर दुर्घटनामा घाइते भएका नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर कुमार पोखरेलको अहिले हेटौडा अस्पतालको अईसियु कक्षमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते पोखरेलको टाउको, निधार तथा दाँया हातमा चोट लागेको र पछिल्लो अवस्था उनि अचेत अवस्थामानै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस