कालिकामाई टोल समितिको ट्याक्टर चालकलाई सचेत गराउने अभियान

ट्याक्टर आतंक

कालिकामाई टोल समितिको ट्याक्टर चालकलाई सचेत गराउने अभियान

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ बैशाख २०८२, ०९:४४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ बैशाख २०८२, ०९:४४

हेटौडा उपमहानगरपालिका भित्र संचालित ट्याक्टरहरुमा रहेका चालक हरुको सवारी चालक अनुमति पत्र बिनानै ट्याक्टर चलाउने गरेको जनगुनासो ब्याप्त भए पछी हेटौंडा उपमहानगरपालिका ८ मा रहेको कालिकामाई टोल बिकास संस्थाले आज कालिका रोडमा ट्याक्टर चालक ट्याक्टर धनि र क्रसर व्यवसायी समेत लाई भेला गरि ट्याक्टर चलाउँदा अपनाउनु पर्ने ब्यबहारिक पाटोको बिषयमा अभिमुखीकरण गरेको हो ।

कालिका माई टोल बिकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरेको अगुवाइमा कालिकामाई टोल बिकाश संस्थाका स्थानीय लगायतको उपस्थितिमा यस टोल बिकाश भित्र बाट आवत-जावत गर्ने ट्याक्टर हरुलाई ट्याक्टर आतंक बन्द गर्न ट्याक्टर चलाउँदा संयमित हुन् सवारी चालक अनुमति बेगर सवारी नचलाउन स्पिड कम गरि ट्याक्टर चलाउन निर्देशन सहितको अनुरोध गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडा ८ नम्बर वडा ७ नम्बर वडा भित्र बाट अबैध रुपमा खोला खहरे उत्खनन गरि संचालित ट्याक्टरहरु जिल्ला प्रहरी कार्यालय मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर समेतले आवश्यक नियमन गर्न नसके पछी कालिकामाई टोल बिकास समितिको अगुवाईमा आज ट्याक्टर चालक ट्याक्टर धनि र क्रसर संचालकलाई सचेत गराएको हो ।

हेटौंडा उपमहानगरपालिकाले अबैध रुपमा उत्खनन गरि निकासी भएका ट्याक्टरलाई नियन्त्रणमा लिन कुनै पहल कदमी नगर्दा राज्यलाई करोडौ राजस्व संकलनमा क्षति हुने गरेको छ । उपमहानगरपालिकाले उत्खनन तथा निकासी करमा कुनै चासो दिन सकेको छैन यसो गर्दा राज्यलाई जम्मा हुने राजस्वमा चुवावट देखिएको छ ।

हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा ७ नम्बर वडा र ८ नम्बर वडा बाट उत्खनन भएका गिट्टी बालुवा ढुवानी गर्ने ट्याक्टर चालकहरुको सवारी चालक अनुमति पत्र समेत नहुने गरेको पाइएको छ भने यता तर्फ ट्राफिक प्रहरीको ध्यान जान सकेको छैन । आज  कालिकामाई टोल बिकास संस्थाले अब यस क्षेत्रमा संचालनमा आउने ट्याक्टर हरुले सवारी चालक अनुमति पत्र बिना सवारी चलाएमा, ओभर स्पिड गरेमा र सांझ ७ बजे देखि बिहान ६ बजे सम्म ट्याक्टर चलाएमा पहिलो पटक एक हजार त्यस पछी दोब्बर जरिवना गर्ने बैठक बाट पारित गरेको छ ।

अबैध रुपमा उत्खनन गरि निकासी हुँदा समेत हेटौंडा उपमहनागरपालिकाले भने कुनै चासो दिन सकेको छैन स्थानीय भन्छन राज्यको ढुकुटीमा जानु पर्ने राजस्व उपमहानगरपालिका भित्रका जनप्रतिनिधि/कर्मचारीको खातामा जाने कारणले उपमहानगरपालिकाले चासो नदिएको आरोप लगाए । हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयले सुचना प्रकाशन गर्दै सांझ ७ बजे देखि बिहान ६ बजे सम्म ट्याक्टर नचलाउन गरेको निर्देशन ट्याक्टर चालक क्रसर ब्यबसायीले अबज्ञा गर्दै आएका थिए ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस