नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले आज क्याम्पस प्रमुख यम सिलवाल सहायक क्याम्पस प्रमुख संगम चौलागाईको कार्यकक्षमा तालबन्दि गरेको छ ।
मकवानपुर बहुमुखी क्याम्पसले कक्षा ११ मा अध्यान गर्ने ९५ जना विद्यार्थीलाई वितरण गर्ने छात्रवृत्ति कार्यक्रममा मनमानी गरेको आरोप सहित नेविसंघ इकाई समितिले बैशाख ७ गते क्याम्पस प्रमुख यम सिलवाललाई ध्यानाकर्षण पत्र बुझाएको र कलेज प्रशासनले विद्यार्थीका जायज माग लाई सुनुवाई गर्ने कुनै पनि तार तम्य नगरे पछी आज तालाबन्दी गरेको इकाई सभापति सागर घिमिरेले बताए ।
मकवानपुर बहुमुखी क्याम्पसमा छात्रवृत्ति वितरण गर्ने समयमा कलेजका प्राध्यापक/कर्मचारी संचालक समिति स्ववियु लगायतको भागबण्डामा वितरण हुने गरेको आरोप समेत विद्यार्थीहरुले लगाउदै आएका छन । गरिव तथा जेहन्दार विद्यार्थी लक्षित् गरि छात्रवृत्ति वितरण गर्नु पर्नेमा संचालक समिति कलेज प्रशासनको आन्तरिक मिलानमा वितरण गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।
बैशाख ७ गते नेपाल बिद्यार्थी संघ मकवानपुर बहुमुखी इकाई समितिका सभापति सागर घिमिरेले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रको कलेज प्रशासनले कुनै पनि सुनुवाई नगरे पछी मकवानपुर क्यामपस स्ववियु सचिव उत्सब ढुंगाना समेतको रोहवरमा मकवानपुर इकाई समितिले आज तालाबन्दी गरेको हो । नेपाल बिद्यार्थी संघ मकवानपुर इकाई समितिले राखेको माग सम्बोधन नभए तालाबन्दी कार्यक्रम संगै थप आन्दोलनको कार्यक्रम तय गर्ने इकाई समिति सभापति घिमिरेले बताए ।
बैशाख ७ गते छात्रवृत्ति वितरण कार्यक्रम अपार्दशि भएको भन्दै उत्तर पुस्तिका सार्वजनिक गर्नु पर्ने माग सहित नेविसंघले क्याम्पस प्रमुख सिलवाललाई बुझाएको ध्यानाकर्षण पत्रको सम्बन्धमा क्याम्पस प्रमुख यम सिलवाल सित् प्रतिक्रिया लिंदा माग सम्बोधन भएको बताए । प्रमुख सिलवालले छलफल बाट सम्बोधन भएको प्रतिक्रिया दिएको १ घण्टा नबित्दै नेविसंघले उनकै कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
नेपाल बिद्यार्थी संघ मकवानपुर बहुमुखी क्यामपस इकाई समितिले निकालेको प्रेस बिज्ञप्तिमा भनिएको छ “नेपाल बिद्यार्थी संघ विद्यार्थी हकहितको लागी अग्रपंक्तिमा रही सदैव विद्यार्थीको पक्षमा आवाज उठाउदै आएको सर्व-बिधितै छ । नेपाल विद्यार्थी संघ मकवानपुर इकाई समितिले मकवानपुर बहुमुखी क्याम्पसले कक्षा ११ को छात्रवृत्ति वितरण कार्यमा मनोपोली गरेको र छात्रवृत्ति वितरण कार्यलाई पारदर्शिता नगरेको आवाज उठाउदै मकवानपुर बहुमुखी क्याम्पस प्रमुख / सह- कयाम्पस प्रमुख लगायत सरोकारवाला निकायलाई २०८२-०१-०७ गते छात्रवृत्ति वितरण कार्यको न्यायिक छानबिन हुनु पर्ने उत्तर पुस्तिका हेर्नु पर्ने लगायतका माग राखी ध्यानाकर्षण पत्र बुझाएको सबैलाई बिधितै छ । नेपाल विद्यार्थी संघ मकवानपुर इकाई समितिले बुझाएको ध्यानाकर्षण पत्रमा क्याम्पस प्रशासनले कुनै पनि माग सुनुवाई नगरेको बिद्यार्थीको आवाजलाई बेवास्ता गरेको हाम्रो निस्कर्ष छ ।
नेपाल विद्यार्थी संघले पटक–पटक छात्रवृत्ति वितरणमा पारदर्शिता र निष्पक्षताको माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउँदै आएको छ । तर आजसम्म कुनै पनि स्पष्ट प्रक्रिया र विवरण सार्वजनिक नगरिएको, योग्य विद्यार्थीहरूलाई छात्रवृत्तिबाट वञ्चित गरिँदै आएको, तथा आन्तरिक मिलेमतोको आशंका बढ्दो रहेको पृष्ठभूमिमा हामी क्याम्पस प्रशासनको गैरजिम्मेवारी व्यवहारको कडा भर्त्सना गर्छौं । हामीले दिएका सुझाव र चेतावनीहरूलाई वेवास्ता गर्दै विद्यार्थीका हकहितमा कुठाराघात भएकोले, नेपाल विद्यार्थी संघले आजदेखि विद्यार्थीका माग सुनुवाई नभए सम्म क्याम्पसमा तालाबन्दी गर्ने निर्णय लिएको छ ।
नेपाल विद्यार्थी संघ अन्यायका बिरुद्ध सधै अडिग रहन्छ , विद्यार्थीको अधिकार माथिको कुनै पनि प्रकारको हस्तक्षेप कदापी स्वीकार्य हुने छैन । न्याय नपाईन्जेल हाम्रो संघर्ष निरन्तर जारि रहने छ” ।










प्रतिक्रिया