मकवानपुर क्याम्पसमा लफडाको संकेत

आन्दोलन

मकवानपुर क्याम्पसमा लफडाको संकेत

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ बैशाख २०८२, ०३:०५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ बैशाख २०८२, ०३:०५

हेटौंडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा भएको अनियमितता र छात्रवृत्ति वितरणमा मनमौजी गरेकोले उक्त बिषय सार्वजनिक गर्न माग राख्दै नेपाल बिद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसले गरिव तथा बिपन्न परिवारका विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रममा कलेज प्रशासन र संचालक समितिले मनोमानी गरेको आरोप लागेको हो ।

नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस इकाई सभापति सागर घिमिरे र अखिल क्रान्तिकारी इकाई अध्यक्ष अभ्युदय खनालले सयुक्त हस्ताक्षर् गरेको पत्र आज मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख यम सिलवाल र उप-प्रमुख संगम चैलागाईलाई बुझाएका हुन् ।

मकवानुपर बहुमुखी क्याम्पसले यहि बैसाख ३ गते सार्वजनिक गरेको छात्रवृत्ति वितरणको नामावालिमा अनियमितता देखिएको र परिक्षामा फेल भएकाहरुको नाम समेत कलेज प्रशासनले छात्रवृत्ति दिने गरि सार्वजनिक गरेकोले गरिव तथा जेहन्दार विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिमा कलेज प्रशासनले अनियमित ढंगले प्रदान गर्न खोजेको आरोप दुई संघठनका अध्यक्षको रहेको छ ।

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले कलेज प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा लेखिएको छ कलेजले छात्रवृत्ति वितरण गर्ने भनि प्रकाशन गरेको नामावालिमा ९५ जना रहेको र उक्त नामावालिमा परिक्षामा फेला भएका हरुको समेत नाम राखिएको पाइयो यो सरासर गलत हो।

कलेज प्रशासनले नातावादकै आधारमा छात्रवृत्ति प्रदान गर्न खोजेको कारण छात्रवृत्ति परिक्षामा परिक्षा दिएका हरुको उत्तरपुस्तिका हेर जांच गर्न माग गर्दछौ । दुई संघठनले राखेको माग २४ घण्टा भित्र सुनुवाई नभए थप आन्दोलनको कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

बैसाख ११ गते बाट कक्षा १२ को परिक्षा रहेको र दुई संगठनले राखेको माग कलेज प्रशासनले २४ घण्टा भित्र पुरा नगरे मकवनपुर कलेज अन्तर्गत कक्षा १२ को परिक्षालाई समेत असर गर्न सक्ने संकेत देखिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस