ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीय सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २६ वर्षीय अम्बा शाही छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कालिकोटको पलाँता गाउँपालिका ९ थीर्पुबाट पलाँता ४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको थियो ।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ । शवहरू भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो । दुर्घटना स्थल बाट शबहरु जिल्ला अस्पताल लागिएको छ ।
दुर्घटना स्थल अप्ठेरो भिर भएकाले ट्याक्टर भएको ठाउँसम्म प्रहरी पुग्न नसकेको कारण ट्याक्टरको नम्बर खुल्न सकेको छैन सकिएको छैन ।










प्रतिक्रिया