संघिय संसद अन्तर्गतको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको कार्यालय परिसरमा प्रहरी र अन्य सुरक्षा निकायले घेरा हालेको भन्दै रास्ट्रीय प्रजातन्त्र पार्टीका मुख्य सचेतक ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले गुनासो गरेका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने र निषेधाज्ञा समेत तोड्ने चेतावानी दिए पछी काठमाडौंमा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
आन्दोलन हुने स्थानमा सुरक्षाकर्मी तैनाथ हुनु स्वाभाविक मानीए पनि दल को संसदीय कार्यालयमानै सुरक्षा तैनाथ गर्नु केन्द्रीय नेताहरुलाई दलको कार्यालयमा घेराबन्दि गर्नु राम्रो नभएको राप्रपाले बताएको छ ।
राप्रपाले बिजुलीबजार बाट आज सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने चेतावनी दिंदै आएको छ । राप्रपाका नेताहरुलाई सिंहदरवार भित्र रोक्ने काम भएको भन्दै शाहीले सरकारको दमनको संज्ञा दिएका छन ।










प्रतिक्रिया