बिशालले दिए सबैलाई धन्यवाद

अस्पताल आन्दोलन

बिशालले दिए सबैलाई धन्यवाद

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ बैशाख २०८२, ०२:४६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ बैशाख २०८२, ०२:४६

हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानका संयोजक बिशालराज महतले एक प्रेस बिज्ञप्ति मार्फत आन्दोलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । उनले प्रेस बिज्ञप्ति मार्फत लेखेका छन “अस्पताल सुधार अभियानमा अनवरत गरिएको कार्यक्रमा साथ् र सहयोग गर्ने अभियान्तालाई गिरफ्तारी र प्रशासन समक्ष् जायज माग र कारवाहीको क्रममा बिभिन्न पक्षबाट लागि पर्नु हुने राजनीतिका दलका नेतृत्व बुद्धिजीवी अग्रज बुवा आमा दिदि बहिनि तथा दाजुभाई साथीहरु पत्रकार एवं सम्पूर्ण न्यायका पक्षधर् प्रति हार्दिक आभार ब्यक्त गर्दछु” ।

गत चैत ३० गते हेटौंडा अस्पतालमा राखिएको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडाका सामाजिक अभियान्ता सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरे लगायतका टिमले हेटौंडा अस्पतालको बोर्ड राखेका थिए ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखेको भन्दै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले केहि “अराजक झुण्डहरुले” अस्पतालको बोर्ड तोडफोड गरेको भनि बिग्यप्तिनै निकालेको थियो ।

बोर्ड तोडफोड गरेको आरोपमा प्रतिष्ठानले आवश्यक कारवाही गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी गरेको थियो । प्रतिष्ठानको उजुरीको आधारमा प्रहरी प्रशासनले सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरेलाई छलफलको लागि बोलाई सिधै म्याद थप गरि मुद्धा दायर गरे पछी हेटौंडामा प्रदर्शननै भएको थियो ।

नेकपा एमालेको उक्साहटमा मुद्धा दायर गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठले निर्देशन दिएको भन्दै प्रदर्शनमा रहेका युवा जमातले “एमाले सिडिओ फिर्ता जा” सम्मको नारावाजी गरेका थिए । एमालेको दवाबमा पक्राउ गर्न आदेश दिएको आरोप लागेकी श्रेष्ठले आन्दोलनको दबाबमा २४ घण्टा नबित्दै रिहाई गरेकी हुन् । यसै घटनाको कारण यति बेला प्रमुख जिल्ला अधिकारि श्रेष्ठ विवादित बनेकी छिन भने उनको सरुवाको लागि गृह मन्त्रालय सम्म गुनासो पुगेको स्रोतको दावी रहेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस