पूर्व मन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले सामाजिक संजाल मार्फत शिक्षक आन्दोलनको समस्यानै शिक्षकहरु रहेको बताएकी छिन । झाँक्रीले शिक्षक आन्दोलनको कडा आलोचना गरे पछी शिक्षकहरुले झाँक्री प्रति सामाजिक संजाल मार्फतानै कडा प्रतिकार गरेका छन । झाँक्रीले शिक्षक आन्दोलनको बिषयमा बोले पछी विवादी बनेकी छिन ।
उनले भनेकी छिन्–ुमैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें । मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे । शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र ?
उनले थप प्रश्न गरेकी छिन्–विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन रु के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ रु समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ रु राज्यको तलव खाएका शिक्षक कर्मचारीले भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्यौल बनाउन मिल्छ ?
सरकार प्रति नरम भएकी झाँक्री शिक्षक आन्दोलन प्रति गरम भएकी हुन् । १८ औं दिन सम्म चलिरहेको शिक्षक आन्दोलनमा झाँक्रीले शिक्षकहरुलाई झड्का दिएकी छिन । झाँक्रीको यो अभिव्यक्तिले उनको राजनीतिमा ठुलै असर पर्न सक्ने आंकलन गरिएको छ ।










प्रतिक्रिया