चैत २० देखि देशैभरिका सामुदायिक बिद्यालयमा ताला ठोकेर शिक्षक/ शिक्षिका काठमाडौंमा भेला भएका छन । माईतिघर मण्डला देखि बानेश्वर सम्म शिक्षक हक हितका नारा घन्काउँदै भजन कृतन देखि लोक दोहोरि सम्मका टुक्का मार्फत सरकारलाई दवाब दिने कार्य गरे पनि आन्दोलनको १७ औं दिन सम्म आइपुग्दा सरकार शिक्षकको माग सम्बोधन गर्ने पक्षमा देखीदैन ।
सडकमा शिक्षकहरु “शिक्षकको कलममा तागत छ” भन्दै जादु देखाई रहेछन तर सरकार भने शिक्षकको सडक जादुलाई फु-मन्तर गरेर झोला बोकाएर कसरि सडक खालि गर्न सकिन्छ भन्ने जादुको छडी खोजि रहेको छ । शिक्षकको कलममा तागत छ भन्ने कुरा सरकारलाई समेत हेक्का छ तर शिक्षकको तागतवाला कलम मगाएर शिक्षा बिधयक लेख्न हिम्मत गर्न सकेको छैन ।
सरकार शिक्षकको तागतवाला कलमको निप निमोठ्ने जुक्ति खोज्दै छ र सोहि अनुसार सरकारको चाख्नीमा रमाएका हरु तागतवाला कलमको मसि सुकाउने विकल्प खोजि रहेका छन । शिक्षक आन्दोलन चरम उत्कर्षमा पुगी रहेको अवस्थामा शिक्षकको माग सम्बोधन गर्ने भन्दा पनि आन्दोलन लक्षित गरेर सरकार घटक नेता शिक्षकलाई आश्वासन दिने कार्यमा मात्र अग्रसर देखिएको कारण पनि सरकारको कुरा पत्याउन शिक्षकहरुलाई कठिन बनेको छ ।
आन्दोलन सुरु हुँदाकै बेला प्रधानमन्त्री के.पी शर्मा ओलीले शिक्षक आन्दोलनलाई सामान्य सम्झेर शिक्षकहरु सडकमा नसुत्नुस गुरुहरुको माग सरकारले सुन्छ घर जानुस कर्मथलोमा फर्कनुस भनेर घुमाउरो पारामा आन्दोलनरत शिक्षकलाई आश्वासन दिन खोजे पनि शिक्षकहरुले यो पटक सरकारको उधारो आश्वासनमा बिश्वास गर्न सकेनन र आन्दोलनलाई झनै प्रभावकारी बनाए । प्रधानमन्त्री ओलीले शिक्षकको आन्दोलन र मागलाई सरकारले सुन्छ भनेको पनि आज १४ दिन भो तर उपलब्धि शुन्यनै रहयो ।
आन्दोलनरत शिक्षकलाई आन्दोलन बाट घर फर्काउन नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले शिक्षकहरुलाई एक महिना भित्र शिक्षा ऐन हुलाक मार्फत बिद्यालयमा आइपुग्छ आन्दोलन गरि रहनु पर्दैन भनेर अर्को आश्वासन दिए ।
महेशको यस्तो आश्वासनलाई शिक्षक देखि सामाजिक संजाल प्रयोगकर्ताले ट्रोलनै बनाएर महेश लाईनै लज्जित बनाए । बर्तौलाले हुलाक मार्फत विद्यालय शिक्षा विधेयक बिद्यालय पठाउने भनेको पनि आज १५ औं दिन भयो तर पनि शिक्षकले आन्दोलन छोडेनन् । बर्तौलाले हुलाक मार्फत पठाउने भनेको विद्यालय शिक्षा विधेयक हुलाकमा पुग्यो कि पुगेन होला आम शिक्षकको चासोको बिषय बनेको छ ।
प्रधानमन्त्री ओलीले सडकमा नसुत्नुस कर्मथलो फर्कनुस शिक्षकको माग सरकारले सुन्छ भनेर भनेको बिषय शिक्षकहरुले सुनेनन् कि आन्दोलन यथावतनै रहेको छ । प्रधानमन्त्रीको यो तुरूप फेल भए पछी सचेतक बर्तौलाले हुलाक मार्फत विद्यालय शिक्षा विधेयक पठाउने अर्को तुरूप फाले तर शिक्षकहरुले बर्तौलाको यो तुरूपलाई समेत टेर पुच्छर लगाएनन् ।
शिक्षकहरुले आफ्ना माग पुरा नभए सम्म आन्दोलन यथावत राख्ने परिस्थिति बुझेको सरकारले सडकबाट शिक्षक हटाउन सुचना संचार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाइ अघि सार्यो र गुरुङले मन्त्री परिषदको बैठकले बैसाख १२ गते संसद अधिबेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको र विद्यालय शिक्षा विधेयक संसद बाट पारित गर्ने भन्दै अर्को तुरूप फ्याँक्ने काम गरे । गुरुङले यसै सन्दर्भमा शिक्षकहरुले सडक आन्दोलन गरेर सरकारलाई अफ्ठ्यारो पारेको र राजा ल्याउन लागेको त् होइन भने पछी शिक्षक् आन्दोलन झन् ससक्त र संसकित भएको थियो ।
सरकारले शिक्षक आन्दोलनलाई बेवास्ता गर्दा आज २७ हजार ९९० सरकारी विद्यालय बन्द छन् । विद्यालय बन्द हुँदा ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने निर्णय गरेकाले काममा फर्किन मन्त्रालयले आह्वान गरेको छ । तर शिक्षक महासंघ ऐन जारी हुनेमा विश्वस्त हुन सकेको छैन ।
सरकारसँग २०८० साल असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाउँदै अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोनमा आउन परेको प्रतिक्रिया दिए ।
आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साविक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन् ।










प्रतिक्रिया