आफ्नै गृह जिल्लामा आफ्नै बिरुद्ध नारावाजी चले पछी मकवानपुरको प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठ विवादित बनेकी छिन । जिल्ला प्रहरी कार्यालय परिसर र जिल्ला प्रशासन कार्यलय नजिकै प्रजिअ श्रेष्ठको बिरुद्धमा नारावाजी चलेको हो ।
माइती जिल्लामा प्रमुख जिल्ला अधिकारि भएर आए पछी प्रजिअको भब्य स्वागत गर्नेहरुलेनै अहिले उनकै बिरुद्धमा नारावाजी गरेका छन । प्रमुख जिल्ला अधिकारि एमाले सिडिओ भएको ट्याग समेत लागेको छ भने मकवानपुरमा प्रजिअ श्रेष्ठ बिरुद्ध नागरिक सडक संघर्षमा निस्किएका छन । प्रशासन कार्यालय परिसरमा पुगेर “एमाले सिडिओ फिर्ता जा” भन्ने नारा लगाउने र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने युवाहरुको जमातलाई ठुलो संख्यामा प्रहरी परिचालन गरेर जिल्ला प्रशासन कार्यालय नजिकै रोक्ने काम भएको भए पनि त्यसको लगतै प्रदर्शनकारीले हेटौंडा उपमहानगरपालिका गेट बाट नारावाजी गर्दै मानासचोक बुद्धचोक हुँदै जिल्ला प्रहरी कार्यालय परिसर सम्म प्रमुख जिल्ला अधिकारि बिरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले “एमाले सिडिओ फिर्ता जा” “जनताको सिडिओ चाहिन्छ एमाले सिडिओ धपाइन्छ” भन्दै नारावाजी गरेका थिए । आफ्नै माइती जिल्लामा प्रमुख जिल्ला अधिकारि भएर आए पछी सिडिओ स्किम श्रेष्ठ एमाले प्रति नरम र अन्य प्रति गरम भएको आरोप समेत लागेको छ ।
केहि साता अघि मात्र मकवानपुर आएकी प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठको कारण मकवानपुरको शान्ति सुरक्षामा खलल पुगेको प्रमुख जिल्ला अधिकारि श्रेष्ठ प्रमुख जिल्ला अधिकारि भन्दा पनि नेकपा एमालेको कार्यकर्ता भएको भन्दै आरोप लागे पछी यस बिषयमा गृह मन्त्रालय सम्म कुरा पुगेको स्रोतको दावी छ । श्रेष्ठलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बाट नहटाए मकवानपुरमा ठुलै आन्दोलन हुन् सक्ने भन्दै गृह मन्त्रालय सम्म रिपोटिङ भएको गृह स्रोतले बताएको छ ।
बिशेष स्रोतले बताए अनुसार सिडिओ श्रेष्ठलाइ हटाउने तयारि भएको बुझिएको छ । यता श्रेष्ठलाई हटाउन नहुने भन्दै नेकपा एमालेका नेताहरुको जोडबल रहेको गृह मन्त्रालयका एक कर्मचारीले बताए । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठ सित प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा प्रजिअ श्रेष्ठको फोन उठेन ।










प्रतिक्रिया