आज मकवानपुरका युवाले जिल्ला प्रशासन घेराउ गर्ने

एमाले ट्याग लागेकी सिडिओ हटाउन दबाब

आज मकवानपुरका युवाले जिल्ला प्रशासन घेराउ गर्ने

एमाले ट्याग लागेकी सिडिओ हटाउन दबाब

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ बैशाख २०८२, ०९:५० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ बैशाख २०८२, ०९:५०

चैत ३० गते हेटौंडा अस्पताल परिसरमा भएको अस्पतालको बोर्ड चेन्ज गरेको विवाद सडक आन्दोलन देखि प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठलाई हटाउनु पर्ने सम्मको आवाज सहित आन्दोलन हुने भएको छ ।

केहि महिना अघि मात्र मकवानपुरको प्रमुख जिल्ला अधिकारि भएर आएकी श्रेष्ठलाई आन्दोलनरत युवाहरुले प्रमुख जिल्ला अधिकारि भएर बस्न अनुरोध समेत गरेका छन । प्रमुख जिल्ला अधिकारि श्रेष्ठ सिडिओ भन्दा पनि नेकपा एमालेको कार्यकर्ता भएको आरोप सडक देखि सामाजिक संजाल सम्म चुलिएको छ भने आज मकवानपुरका बिभिन्न राजनीतिका दलका युवाहरुले एमाले ट्याग लागेकी प्रमुख जिल्ला अधिकारि श्रेष्ठलाई हटाउनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तयारी गरको बुझिएको छ ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल अलग हुनु पर्छ भन्ने माग सहित हेटौडा अस्पताल बचाउ तथा सुधार समितिले गरेको आन्दोलन दबाउन प्रमुख जिल्ला अधिकारीले एक पक्षिय निर्देशन दिएको आरोप समेत श्रेष्ठलाई लागेको हो । आन्दोलनमा हेटौंडा अस्पतालको बोर्ड मात्र परिवर्तन गरेको अवस्थामा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बिज्ञप्ति सार्वजनिक गर्दै अराजक झुण्ड भने पछी त्यसको लगतै नेकपा एमाले निकट युवा संघले समेत अराजक झुण्ड भनेर बिज्ञप्ति निकालेको थियो । युवा संघले निकालेको बिज्ञप्ति पश्चात प्रमुख जिल्ला अधिकारीले केहि एमाले नेता सित भेट गरेको र अस्पताल सुधारको लागि भएको आन्दोलन दबाउन र आन्दोलनमा सरिक भएकालाई पकाउ गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएको स्रोतको दावी छ ।

अस्पताल सुधारको माग गर्दै आन्दोलन गरि रहेका सुनिल गिरी बिशालराज महत सफल अधिकारि राजकुमार घिमिरे लगायतका ६ जना युवालाई सर्वपक्षिय छलफलको लागि बोलाएर प्रमुख जिल्ला अधिकारि श्रेष्ठको निर्देशनमा छलकपट गरिएको भन्दै हिजो स्व-स्फुर्त रुपमा पक्राउ गरिएका सामाजिक अभियान्तालाई रिहाईको माग गर्दै राजमार्ग अबरुद्ध गर्ने प्रमुख जिल्ला अधिकारि श्रेष्ठलाई हटाउनु पर्ने माग सहित आन्दोलन भएको थियो ।

पकाउ गरिएका सामाजिक अभियान्ताहरुको नि-शर्त रिहाइको माग गर्दै आज बिभिन्न राजनीतिक दलका युवा हरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने नारावाजी गर्ने र प्रमुख जिल्ला अधिकारिलाई हटाउनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस