मकवानपुरगढीमा इभि गाडी दुर्घटना २ जनाको मृत्यु १४ जना घाइते

घाइतेको उपचार हुँदै २ को मृत्यु

मकवानपुरगढीमा इभि गाडी दुर्घटना २ जनाको मृत्यु १४ जना घाइते

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ बैशाख २०८२, ०८:४१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ बैशाख २०८२, ०८:४१

मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बर इभि भ्यान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान १ बजेको समयमा इभि भ्यान दुर्घटना भएको र इलाका प्रहरी कार्यालय मकवानपुरगढी बाट प्रहरी निरिक्षक विरेन्द्र रायमाझी सहितको टोलीले घटना स्थल बाट घाइतेको उद्धार गरि अस्पताल पठाएको थियो ।

मकवानपुरगढी गाउँपालिकाको धरमपानी भन्ने स्थानमा इभि भ्यान अन्दाजी २ सय मिटर तल खसी दुर्घटना भएको र दुर्घटनामा १५ जना घाइते भएका हुन् । दुर्घटना बाट गाडी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनाको अवस्था सामान्य रहेको र निज हरुलाई उपचारको लागि मकवानपुर सहकारी अस्पतालमा लागिएको र अन्य थप ५ को हेटौडा अस्पतालमा उपचार भैरहेको छ ।

मृत्यु हुनेमा रौतहट जिल्ला दुर्गा भवानीपुर गाउँपालिका बस्ने बर्ष ५० कि निलम देबी राउत र सर्लाही बागमती  ७ बस्ने बर्ष १३ की मानुसी मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताउनु भयो ।

दुर्घटना पश्चात हेटौडा अस्पतालमा उपचारमा रहेका घाईते हरुमा रौतहट दुर्गा भवानिपुर  ५ बस्ने अं बर्ष ५५ को राम प्रकाश राउत सर्लाही बरहथहवा  ८ बस्ने बर्ष ५२ को शिवशंकर राय सर्लाही ८ बस्ने बर्ष ४५ की रिकिदेवी राय सर्लाही बरहथवा ९ बस्ने बर्ष २७ को मनोज राय रहेका छन ।

यता मकवानपुर सहकारी अस्पतालमा समेत घाइतेहरुको उपचार भैरहेको प्रहरीले बताएको छ । मकवानपुर सहकारी अस्पतालमा उपचार भएकाहरुमा  सर्लाही हरिहरपुर १ बस्ने नवराज मगर हरिहरपुर बस्ने बर्ष १६ की प्रियंका मगर हरिहरपुर १ बस्ने जमुना मगर, सुदिप रिसाल , देवकुमार साह किसुनव्रर्ती साह  युनिका दर्लामी मगर आदित्य छोरचंगी मगर रहेको प्रहरीले बताएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस