हेटौंडा अस्पताल विवादमा हिरासतमै सुरु गरे अनसन

हिरासतमा अनसन

हेटौंडा अस्पताल विवादमा हिरासतमै सुरु गरे अनसन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ बैशाख २०८२, ०९:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ बैशाख २०८२, ०९:२३

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल छुट्टाछुट्टै हुनु पर्ने माग सहित हेटौंडाका नागरिकले चरणबद्ध रुपमा आन्दोलन दबाब तथा हस्ताक्षर संकलन गर्दै आएका थिए । हेटौंडा अस्पताल सुधारका लागि पटक पटक ध्यानाकर्षण पत्र बुझाएका अभियान्ताहरुको माग सुनुवाई नभएको भन्दै गत बुधवार हेटौंडाका सामाजिक अभियान्ताहरुले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडा अस्पतालको बोर्ड राखे पछी विवाद चर्किएको थियो ।

विवाद चर्कीए पछी एमाले नेताको दवाबमा बोर्ड परिवर्तन गर्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई निर्देशन दिएको र प्रहरीले बिभिन्न राजनीतिका दलका नेतालाई समन्वय गरिदिन गरेको आग्रह अनुसार बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि एसपीको आदेश भन्दै हिरासतमा राखिएका  युवा हिरासत भित्रै अनसन बसेका छन्।

हिरासतमा रहेका ६ जनाले नै हेटौंडा अस्पताल मकवानपुरे जनताको अस्पताल भएको र हाम्रो आन्दोलन सत्यको लागि भएका कारण हामि हिरासतबाट पनि हाम्रो आन्दोलनलाई यथावत राख्ने बताएका छन । नेपाल तरुण दल हेटौडा नगर सभापति सुनिल गिरीले हामि छ जना अभियान्ताको आन्दोलन आम मकवानपुर बासि नागरिकको हक हितको लागि भएकोले हिरासतकक्षमा समेत हामीले अनसन बसेर आन्दोलन गरेका छौं । हामि हेटौडा अस्पताललाई मकवानपुरका जनताको अस्पताल बनाउन जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन ।

सर्वपक्षीय भेला बसेर छलफल गर्ने बहानामा प्रहरीले उनीहरुलाई अन्तिम समयमा नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मार्फत अभद्र व्यवहार अन्तर्गत पाँच दिन म्यादथप गरेको  छ। म्याद थप गरे संगै हेटौंडामा नारावाजी सहित सडक बन्द समेतको प्रदर्शनी भएको थियो भने उक्त प्रदर्शनीमा मकवानपुरका प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठ प्रमुख जिल्ला अधिकारि भन्दा पनि नेकपा एमालेको कार्यकर्ता रहेको भन्दै नारावाजी भएको थियो । प्रदर्शनमा “एमाले सिडिओ फिर्ता जा” भन्ने सम्मको नारावाजी गरेका थिए । प्रदर्शनकारीले भोलि ११ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस