मकवानपुरका सिडिओलाई एमाले ट्याग भोलि बाट आन्दोलन चर्कने

एमाले सिडिओको ट्याग

मकवानपुरका सिडिओलाई एमाले ट्याग भोलि बाट आन्दोलन चर्कने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ बैशाख २०८२, ०८:१२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ बैशाख २०८२, ०८:१२

मकवानपुरमा केहि महिना अघि मात्र प्रमुख जिल्ला अधिकारि भएर आएकी स्किम श्रेष्ठ विवादित बनेकी छिन । मकवानपुरको प्रमुख जिल्ला अधिकारि बनेर आए लगत्तै प्रजिअ श्रेष्ठलाई मकवानपुरका नागरिकले रुचाउँन छोडेको पाइएको हो । श्रेष्ठ मकवानपुरको प्रमुख जिल्ला अधिकारि भन्दा पनि नेकपा एमालेको कार्यकर्ता रहेको आरोप नागरिक स्तर बाट उठेको हो ।

श्रेष्ठ मकवानपुरको प्रमुख जिल्ला अधिकारि भएर आउँदा मकवानपुरले स्थानीय प्रमुख जिल्ला अधिकारि पाएको, कसैको दिदि कसैको सारथि कसैको चेली भनेर बधाई तथा फोटो खिच्ने हरुलेनै अहिले श्रेष्ठको बिरोध गर्न थालेका हुन् । नेपालको राजनीतिका इतिहास र आन्दोलनलाई हेर्ने हो भने जुनसुकै आन्दोलनमा प्रदर्शनमा प्रहरी बिरुद्ध नारावाजी हुने गरेको नजिर रहेको भए पनि आज हेटौडामा भएको प्रदर्शनमा भने प्रजिअ श्रेष्ठको बिरोध जनाउने कार्य भएको हो ।

हेटौंडा अस्पतालको बोर्ड केरमेट विवादमा मुछिएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि हेटौंडामा विरोध प्रदर्शन भएको छ ।केहीसमय अघि प्रहरी प्रमुख विश्व राज खड्काको आदेशमा जिल्ला प्रहरी कार्यालयमा बिहान उपस्थित भएका सामाजिक अभियान्ताहरुलाई हिरासतमा राख्न निर्देशन गरेपछि युवाहरुले प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान खारेज गर्न र हेटौंडा अस्पताललाई जनताको अस्पताल बनाउन माग गरेका छन ।

प्रदर्शनकारीले एमाले सिडिओ फिर्ता जा, प्रहरी दमन मुर्दाबाद, हेटौंडा अस्पताल अलग गर, हिरासतमा राखिएकालाई रिहाई गर लगायतका नारा लगाएका छन् । प्रमुख जिल्ला अधिकारिलाई एमाले सिडिओको ट्याग लगाएका छन । बिना सर्त हिरासतमा राखिएका सामाजिक अभियान्ताहरुलाई तत्काल रिहाई नगरे नागरिक स्तर बाट उठेको आन्दोलनले भोलि बिहान १० बजे मानासचोकमा भेला भएर जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने नारावाजी गर्ने कार्यक्रम तय गरेका छन भने पर्सि बाट हेटौडा बन्द गर्ने सम्मको आन्दोलनको तयारि गरेको श्रोतको दाबि रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस