सिजनमा मात्र प्रयोगमा आउने रामेछापको मन्थली विमानस्थल बिशेष गरि लुक्लाको लागि मात्र प्रयोगमा आउने गरेको छ । सगरमाथा जाने पर्यटक लक्षित गरि संचालनमा आएको उक्त विमानस्थल बाट लुक्ला जान उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो । सो क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको थियो ।
हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा रोकिने हुन्छ । त्यसपछि जहाजलाई सुरक्षित रुपमा बाहिर निकालेर उडान अवतरण सुरु गरिएको छ ।
प्रकाशित मिति: ३ बैशाख २०८२, ११:५० बजे










प्रतिक्रिया