केहि समय अघि लागेको चट्याङका कारण एक जनाको मृयु र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताउनु भएको छ ।
आज दिउँसो अन्दाजी ३ बजेर ४० मिनेटको हाराहारीमा परेको पानि र चट्याङका कारण मकवानपुर मनहरी गाउँपालिका ५ बसन्तपुर स्थित राप्तीखोलाको किनारमा आफन्तको घर डिल्लीपुरबाट आफ्नो घर दरदरा तर्फ आउने क्रममा चट्याङ लागी मनहरी गाउँपालिका ५ दरदरा बस्ने बर्ष २८ को अबिरल थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ बाट घाइते भएका सिंह बहादुर थिङ र सौगात गोलेलाई उपचारको लागि स्थानीयले चितवन पठाएको बुझिएको छ । घाइते भएका दुइ जना मध्य एक जना मृतकको बुबा रहेको र अर्को एक जना मृतकको सानी आमाको छोरा रहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।
प्रकाशित मिति: ३१ चैत्र २०८१, ०५:०६ बजे










प्रतिक्रिया