हिन्दु समुदाय र मुस्लिम समुदाय बीच चर्किएको बिबाद अन्तत तोडफोड आगजनीमा परिणत भए पछी पर्सा प्रशासनले हिजो लगाएको कर्फ्युको अबधि थप गरेको छ । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बिएको छ ।
दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो । स्थिति भड्किन सक्ने आंकलन गरे पछी कर्फ्युको समय थप गरिएको छ ।
तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय राति १२ बजेसम्मलाई बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
हिजो भएको हुलदंगामा केहि घाइते भएका छन भने केहि पसल आगजनी तथा तोडफोड समेत भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति: ३१ चैत्र २०८१, ११:४० बजे










प्रतिक्रिया