ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

दुर्घटना

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ चैत्र २०८१, ०७:५६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ चैत्र २०८१, ०७:५६

ट्रयाक्टर दुर्घटना हुँदा एक जना वडा सदस्य र एक स्थानीयको मृत्यु भएको छ ।

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर बोखिम नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको पर्हरिले जानाकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस