मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका ११ बबरमहलस्थित सडकमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश २-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्रदेश ३-०२-०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८१, ०५:०२ बजे










प्रतिक्रिया