जागिर छोड्ने तयारीमा रहेका प्रहरी हरुलाई विभागको निर्देशनले अंकुश लगाएको छ । पछिल्लो समयमा देशभर बिभिन्न दल संघ संगठनले आन्दोलन प्रदर्शनको कार्यलाई तिब्रता दिएको अवस्थामा नोकरी वा जागिर छोड्न तयार भएका प्रहरीहरुले अब तत्काल जागिर छोड्न नपाउने सर्कुलर जारि भएको छ ।
प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न सर्कुलर गरेको छ । बिहीबार प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई त्यस्तो सर्कुलर गरेको हो ।
प्रहरी हेडक्वाटरले गरेको सर्कुलरमा भनिएको छ , ‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्नुहुन अनुरोध ।’
प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले हस्ताक्षर गरेको सर्कुलर अनुसार आन्दोलन लगायतका परिस्थितिलाई मध्यनजर राखेर राजीनामा स्वीकृत नगर्न भनिएको छ । प्रहरी विधेयकमा औषधी उपचार खर्च कटौती गर्ने प्रस्ताव गरिएको हल्ला फैलिएपछि केही समयअघि देखि नै राजीनामाको लहर चलेको अधिकृतहरू बताउँछन् । तर, विधेयकमा खाइपाई आएको सुविधा कटौती गरिएको छैन ।
जुनियर प्रहरी कर्मचारीहरूको राजीनामा आफू कार्यरत युनिटको कमान्डरले स्वीकृत गरेर प्रहरी प्रधान कार्यालयमा बोधार्थ पठाउने कानुनी व्यवस्था छ । तर हिजो जारि गरेको सर्कुलरले अब राजिनामा सिफारिश एवं स्वीकृत नगर्न निर्देशन जारि भएको हो ।










प्रतिक्रिया