नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री के.पी शर्मा ओलीले शिक्षकहरुलाई आन्दोलन नगर्न निर्देशन दिनु भएको छ । चैत २० गते बाट सुरु भएको शिक्षक आन्दोलन आज ११ औं दिन सम्म आइसक्दा शिक्षकको माग सम्बोधन गर्ने तर्फ सरकार तदारुकता नदेखिनु र पटक पटक प्रधानमन्त्रीले आन्दोलन नगर्न सुझाई रहनुले शिक्षक आन्दोलन प्रति सरकार जिम्मेवार र जवाफदेही नभएको शिक्षक् अगुवाहरुको भनाई रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले हिजो बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए ।“समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन । शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ । तपाईँहरूले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ”, उनले भने ।
प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलनलाई लिएर पटक पटक घुमाउरो सैलिमा सडकमा नसुत्न प्रदर्शन नगर्न निर्देशन दिंदै आएका भए पनि यो पटक शिक्षकहरु भने माग पुरा नभए सम्म आन्दोलन नोरोकने अवस्थामा देखिएका छन ।










प्रतिक्रिया