ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको लेखा परिक्षण प्रतिबेदनलाई त्यस पालिका भित्र रहेका नागरिकले अध्यान गर्ने हो भने पालिका भित्र चरम आर्थिक अनियमितता हुने गरेको यथार्थ विवरण प्राप्त गर्न सक्ने देखिएको छ ।
पालिकाले चरम रुपमा आर्थिक अनियमितता गर्ने गरेको पाइए पछी स्थानीयले अख्तियार कार्यालय गुहार्ने काम गरेका छन भने पालिका अध्यक्ष गणेश बहादुर के.सी लगायतका केहि कर्मचारीको मोलि भगतमा आर्थिक अनियमितता हुने गरेको पाइएको छ ।


पालिकामा २०७९ को स्थानीय तह बाट जनप्रतिनिधि भएका गणेश बहादुर के.सी को पालामा अनियमितताले प्रसय पाएको स्थानीयको गुनासो रहेको छ ।
अध्यक्ष के.सीले कागज पत्र नपुगेका देखि बिल भर्पाइ पेस नगरेका सम्म लाई भुक्तानी दिने गरेको तथ्य पालिकाको आर्थिक प्रतिबेदनमा प्रष्ट देखिन्छ । अध्यक्ष के.सीले बिभिन्न योजनाहरुमा समेत योजना पुरा नगरी भुक्तानी दिने आफ्ना मान्छेलाई मात्र काम दिने र भुक्तानी समेत सजिलै उपलब्ध गराउने कार्य गर्ने गरेको गुनासो यत्र तत्र सुन्ने गरेको छ ।
पालिका अध्यक्ष के.सीको पालामानै पालिकामा चरम आर्थिक अनियमितता हुने गरेको करोडौ रकम असुल गर्नु पर्ने देखिएको र बिना बिल भरपाई करोडौ रकम भुक्तानी गरेको भेटिएको छ । पालिका अध्यक्ष के,सीले कहिले सम्म पालिकामा आर्थिक राम रजाइँ गर्ने हुन् त्यो भने समय कुर्नु नै पर्ने छ ।
पछिल्लो समय अध्यक्ष के,सीले पालिका भित्र चरम आर्थिक अनियमितता गरेको भ्रस्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ ओटा उजुरी परेको छ ।










प्रतिक्रिया